फाइल तस्वीर

१३ बैशाख,नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता जनताको साझा सम्पत्ति भएको बताएका छन्।

 

 

रौतहटको चन्द्रपुरमा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले समानताका आधारमा पार्टी एकता हुने कि नहुने भन्ने चुनौती रहेको पनि बताए।प्रचण्डले भने ‘अहिले सिङ्गो देशले एकता चाहेको छ। हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौँ कि सक्दैनौँ भन्ने चुनौती पनि छ।’

अध्यक्ष प्रचण्डले पार्टी एकता जनताबाट अनुमोदित भइसकेकाले विलम्ब गर्नु नहुने बताए। प्रचण्डले पार्टी एकताको कामलाई शुक्रबारसम्म अन्तिम रूप दिने बताए। एकता प्रक्रिया अवरुद्ध पार्न विभिन्न षडयन्त्र भइरहेको भन्दै उनले आ–आफ्ना स्थानबाट उत्रन आह्वान गरे। प्रचण्डले अहिले आर्थिक समृद्धि नै मुख्य कार्यभार भएको बताउँदै यसलाई पूरा गर्नु सबैको कर्तव्य भएको बताए।