भारतीय धर्म गुरु आशारामलाई जोधपुर जिल्ला अदालतले बलात्कारको मुद्दामा जन्मकैदको सजाय दिएको छ । लाखौं भक्त भएका ७७ वर्षीय आशाराम भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीका निकट मानिन्छन् । उनीमाथि एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सन् २०१३ देखि मुद्दा चल्दै आएको थियो । आशाराम पूर्पक्षका लागि कैदमै राखिएको थियो ।
एजेन्सीहरूका अनुसार पाकिस्तानमा सन् १९४१ मा जन्मेका अशुमल हरपलानीको परिवार विभाजनपछि भारत आएको थियो । यिनै हरपलानीपछि आशाराम बापुका नामले भक्तहरूबीच चर्चित भएका थिए ।
आशाराममाथि मुद्दा चलाइएपछि तीन जना साक्षीहरूको हत्या भइसकेको छ । प्रहरीले हत्याको मामिलामा पनि छानबिन गरिरहेको बीबीसीले जनाएको छ । गत वर्ष अर्को धर्मगुरु रामरहिम पनि बलात्कारलगायतको मुद्दामा पूर्पक्षका लागि कैदमा राखिएको छ ।
आशारामसँगै शिवा, शरतचन्द्र, शिल्पी र प्रकाश पनि दाेषी ठहिरएका छन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।