वैशाख ११ – युएईको आबुधाबीमा हुने पुस्तक प्रदर्शनीमा नेपाल पनि सहभागी हुने भएको छ । आबुधाबीको एक्सिविसन सेण्टरमा बुधबारबाट सुरु हुने २८ औं अन्तर्राष्ट्रिय किताब मेला तथा पुस्तक प्रदर्शनीमा नेपालका पुस्तक पनि राखिने भएको हो ।
आबुधाबी कल्चर एन्ड टुरिजमको आयोजनामा एक हप्ता चल्ने प्रदर्शनीमा नेपालको तर्फबाट नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघले सहभागीता जनाउन लागेको हो ।
स्टल नम्बर ११ इ २० मा नेपालका पुस्तकहरु राखिने छन् । पुस्तक प्रदर्शनीमा नेपाल चिनाउने पर्यटकीय गन्तव्यस्थल समेटिएका किताब, पोस्टर तथा प्रचारात्मक सामाग्री समेत राखिने छ ।
नेपाली दूतावास युएईले नेपालको पर्यटनमा प्रवद्र्धनमा सहयोग पुग्ने भएकाले यहाँ कार्यरत नेपालीलाई स्टल अवलोकन गर्न आग्रह गरेको छ । ‘विदेशमा कार्यरत सबै नेपाली सद्भावना दूत हुन्,’ दूतावासका द्वितीय सचिव तथा सूचना अधिकारी कृष्ण अर्यालले भन्नुभयो ।
-उज्यालोअनलाइनबाट
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।