१० बैशाख,सरकारले सार्वजनिक हितका लागि आवश्यक सेवाका क्षेत्रमा बन्द र हड्ताल गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक हितका लागि आवश्यक सेवामा हड्ताल गर्न निषेध हुनेगरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेका सरकारका सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।
त्यसैगरी मन्त्रीपरिषद बैठकले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको नेतृत्वमा उच्चस्तरीय सहजीकरण समिति बनाउने निर्णय पनि गरेको छ। विमानस्थल निर्माणको काम अघि बढ्न नसकिरहेका बेला सरकारले त्यसलाई सहज बनाउन उच्चस्तरीय सहजीकरण समिति बनाउने निर्णय गरेको हो।
त्यस्तै बैठकले सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने प्रस्ताव पनि स्विकृत गरेको छ भने तिलगंगा आँखा अस्पतालको लेन्स उत्पादनका लागि १० करोड अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको मन्त्री काँस्कोटाले जानकारी दिए।
बैठकले कैलालीमा सञ्चालित रानी–जमरा–कूलरिया सिंचाई आयोजनाका लागि विश्व बैंकको ६ अरव ८६ करोड ऋृण सहायता लिने प्रस्ताव पनि स्वीकृत गरेको छ। राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा।डा।पुष्पराज कँडेल नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।
सरकारी पदाधिकारी र उच्च पदस्थ कर्मचारीहरुको बैदेशिक भ्रमण व्यवस्थापनका लागि तयार पारेको निर्देशिका पनि मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको सरकारका मनत्री बाँस्कोटाले जानकारी दिए।
त्यस्तै सरकारले बेपत्ता व्यक्ति छानबिन गर्नका लागि बनेको अध्यादेश, सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धि अध्यादेश, राष्ट्रिय चिकित्सासम्बन्धी ऐन र राष्ट्रिय सभा निर्वाचनसम्बन्धि व्यवस्था गर्न बनेको अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष पेश गर्ने निर्णय पनि गरेको छ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।