वैशाख ११ – नेपाल विद्यार्थी संघभित्रको विवाद चुलिँदै गएको छ ।
सागर परियार, उर्मिला थपलिया, प्रकाश राना, नवीन राईलगायका पाँच उपाध्यक्षले पत्रकार सम्मेलन गरी नेतृत्व तहले हालै विभिन्न समितिहरु गठन गरेको निर्णय उल्ट्याउन माग गरेका छन् ।
संघका अध्यक्ष नैनसिंह महरले केही दिन अघि विभिन्न क्याम्पस समिति, जिल्ला समिति, क्याम्पस एकाई समिति तथा विदेशस्तरका सम्पर्क समितिहरु गठन गरेका थिए ।
उनीहरुले नेतृत्वको कदम विधान विपरीत र अप्रजातान्त्रिक भएको भन्दै पत्रकार सम्मेलन गरेका हुन् । उनीहरुले सोमबार यस सम्बन्धमा पार्टी अध्यक्ष शेरबहाद्र देउवालाई ध्यानाकर्षण समेत गराएका थिए ।
‘अध्यक्षज्यूले केन्द्रीय समितिको बैठकबाट विधिवत्रुपमा गठन गर्नुपर्नेमा आफूखुशी अवैधानिक तरिकाले गर्नुभएको सबै समितिहरु खारेज हुनुपर्ने र महाधिवेशनको मिति तुरुन्त तोकिनुपर्ने हाम्रा प्रमुख एजेण्डाहरु हुन्’, नेविसंघ उपाध्यक्ष उर्मिला थपलियाले बताउनुभयो ।
पत्रकार सम्मेलनपश्चात् सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा नव गठित सबै समितिहरु खारेज हुनुपर्ने, महाधिवेशनको मिति अविलम्ब तोकिनुपर्ने तथा केन्द्रीय समिति बैठकमा पेश गरिएका मागहरु पूरा नभए विद्यार्थी भेलामार्फत थप सशक्त कार्यक्रमहरु सार्वजनिक गर्ने बँुदाहरु उल्लेख छन् ।
-उज्यालोअनलाइनबाट
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।