हेटौँडा,११ बैशाख
नीजि तथा सामुदाकि विद्यालयले चर्को रुपमा शिक्षामा शुल्क बृद्धि गरेको भन्दै मकवानपुरका चार विद्यार्थी संगठनहरुले शैक्षिक सस्था बन्द गर्ने भएका छन् । नयाँ शैक्षिक सत्रमा निजी तथा सामुदायीक विद्यालयहरूले मनोमानी शैक्षिक शुल्क वृद्धि गरेको भन्दै विद्यार्र्थी संगठनहरूले शिक्षण सस्थामा हडताल गर्ने कार्यक्रम सार्वजनिक गरेका हुन् ।

अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी र राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठनले संयुक्तरुपमा आज प्रेस विज्ञप्ति जारी गर्दै बैशाख १२ गते सबै विद्यालयको लेखा प्रशासन बन्द गर्ने ,१३ गतेबाट अनिश्चितकालिन शैक्षिक हडताल गर्ने उल्लेख गरेका छन् । चार संगठनले हिजो मात्र पत्रकार सम्मेलनको आयोजना गरि शिक्षामा भएको चरम शुल्क बृद्धिको बिरोध गरेका थिए । उनीहरुले शिक्षामा ब्यापार गर्ने सस्थालाई भोतिक कारबाहीको चेतावनी समेत दिएका थिए ।