हेटौँडा, ११ बैशाख । गोले (तामाङ) वंश उत्थान समाज मकवानपुरको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन यही बैशाख १५ गते हेटौँडामा हुने भएको छ । मकवानपुरको हेटौँडा–१० स्थित दर्शन पार्टी प्यालेसमा बिहान ११ बजे अधिवेशन हुने गोले (तामाङ) वंश उत्थान समाजका केन्द्रिय सदस्य शुभरत्न गोले तामाङले जानकारी दिएका छन् ।
समाजले हरेक बर्ष झै यस बर्ष पनि जेठ ४ गते देशभरीका गोलेहरुको राष्ट्रिय भेला गराउने तयारीको रुपमा पनि मकवानपुर जिल्ला भेलाले महत्वपुर्ण निष्कर्ष निकाल्ने बताइएको छ ।
अधिवेशनमा समाजका केन्द्रिय अध्यक्ष जय गोले , संरक्षक तथा नेपाल तामाङ घेदुङका केन्द्रिय अध्यक्ष मोहन गोले तामाङ , इच्छाराम गोले , पुर्व अतिरिक्त महानिरिक्षक मिङ्मार गोले , शसस्त्र अतिरिक्त महानिरिक्षक डा. कृष्ण कुमार गोले लगायतको आतिथ्यता रहनेछ ।
गोले तामाङहरुको उत्पति थलो, इतिहास , वंशको अनुसन्धान गर्दै गोलेहरुको वास्तविक मौलिक पहिचान र स्वाँगे दाजुभाइको सम्बन्ध स्थापित भएका बारेमा जानकारी दिने लगायतका विभिन्न खोजमुलक कार्यहरु समाजले गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।