गृह राजनीति गणतन्त्र र संघीयतामाथि प्रश्न उठाउनेहरु आफैं समाप्त हुन्छन्ः मन्त्री पण्डित

गणतन्त्र र संघीयतामाथि प्रश्न उठाउनेहरु आफैं समाप्त हुन्छन्ः मन्त्री पण्डित

सेयर गर्नुहोस्

बैशाख ११,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले गणतन्त्र र संघीयतामाथि प्रश्न उठाउनेहरु आफैं समाप्त भएर जाने चेतावनी दिएका छन्।

 

मंगलबार लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पण्डितले लोकतन्त्रलाई कमजोर हुन नदिन सरकार सचेत रहेको बताए।उनले जनताका अधिकारलाई संस्थागत गर्दै जारी भएको संविधानलाई दृढतापूर्वक कार्यान्वयन गरेर अघि बढने पनि स्पष्ट पारे।

मन्त्री पण्डितले लोकतन्त्र कमजोर भए देशको विकास र समृद्धिमा असर पुग्ने भन्दै सरकार लोकतन्त्रलाई बलियो बनाउन लागि परेको बताए।