हेटौैंडा वैशाख १०,प्रदेश–३ को बैठकले संसदहरुको लागि पोशाक र लोगोको निर्धारण गरेको छ । सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षमा बसेको बैठकले लोगोमा गौरीशंकर हिमाल, राष्ट्रिय झण्डा, पशुपतिनाथको मन्द्रिर र स्यम्भुको आँखा अंकित चित्र तोकेको छ ।
यसैबीच पोशाकमा कालो कोट , कालो जुत्ता, सेतो रङको दौरा सुरुवाल राखिएको छ । विशेष समारोहमा खैरो कोटसमेत लगाउनु पर्ने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका छन् । त्यसैगरी, महिलाले आफ्नो भेष भूषा अनुसारको पहिरन लगाउन पाउने व्यवस्था गरिएको समेत सभामुख उनले बताए।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।