सांकेतिक तस्बिर

१० वैशाख । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न अपराधमा संलग्न अभियुक्तहरूलाई पत्रकार सम्मामेलनर्फत सार्वजनिक गरेको छ। शृङ्खलाबद्ध चोरी, सार्वजनिक अपराध तथा जबर्जस्ती करणीजस्ता जघन्य अपराधमा संलग्न अभियुक्तहरुलाई प्रहरीले सार्वजनिक गरेको हो ।

सोहिक्रममा एउटा यस्तो केश सार्वजनिक भयो, चार वर्षदेखि आफ्नै छोरीलाई करणी गर्ने ५० वर्षीय बाबु पक्राउ परेको सार्वजनिक भयो । उनले डर, धाक, धम्की देखाई आफ्नै छोरीलाई ११ वर्षको उमेर देखि जबर्जस्ती करणी गर्दै आएको खुल्न आएको छ ।

गत चैत २९ गते विहान घरमा कोही नभएको मौका पारी खाना बनाउँदै गरेकी छोरीलाई डर, धाक, धम्की दिएर जबरजस्ती करणी गरेको र पीडितले आमालाई बताएपछि आमाले प्रहरीलाई उजुरी गरेपछि उनलाई पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ।

हाल ती १४ वर्षकी बालिकाको पेटमा गर्भ रहेको पनि सार्वजनिक गरिएको थियो ।