हेटौँडा,९ बैशाख,मकवानपुरको बागमती गाउँपालिकाका प्रमुख सर्केश घलान माझी गाउँका अभिभावक भनेका छन् । विपन्न परिवारका विमल र मिना माझीको छोरा प्रसान्त माझीलाई विद्यालय सामग्री सहित कक्षा १ मा भर्ना गराई गाउँपालिका प्रमुख घलान अभिभावक भनेका हुन् ।
नेपाल सरकारले सुरु गरेको अभियान अन्र्तगत विद्यालय जानबाट कोहि पनि उमेर पुगेका बालबालिका विद्यालय जान बञ्चित नहुुन भन्ने उदेश्यले थालिएको अभियानलाई सार्थक बनाउनको लागि आज वागमती गाउँपालिकाको माझी वस्तीको बगेरीमा एक कार्यक्रमको आयोजना गरि प्रसान्त माझीलाई स्थानिय वागमती आधारभुत विद्यालयमा भर्ना गराईदिएका हुन् ।
विद्यार्थी भर्ना गराए पछि वोल्दै प्रमुख घलानले साना साना बालबालिकाहरुले पढ्न पाउने अधिकारलाई सरकारले निकै गम्भिर ढंगबाट लिएको बताउदै यस गाउँपालिकाले पनि अभियानलाई नारामा मात्रै सिमित नभई सबै वालवालिका विद्यालय सम्म पुग्ने वातावरण गरिरहेको बताए ।
सो कार्यक्रममा क्षेत्रिय निर्देशनालयका निर्देशक निदेश कमार शर्मा, उप–निर्देशक वद्रि पाठक, जिल्ला शिक्षा कार्यालयको प्रमुख बद्रि नारायण भट्टराई, गाउँपालिका वडा अध्यक्ष,वडा सदस्यहरु, विद्यालयका प्र।अ, तथा अभिभावकको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।