हेटौँडा,८ बैशाख,
हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ का अध्यक्ष नविन सिग्देल सहितका जनप्रतिनिधि स्थानीय युवा तथा सामजिक संस्कार समितिले आज कर्रा खोला सफाई गरेका छन् ।
आजबाट भएको कर्रा खोला सफाई अभियानमा वडा अध्यक्ष सिग्देल सहित मकवानपुर जिला तेक्वान्दो संघका अध्यक्ष रविन जोशी, सामाजिक सस्कार सेवा समितिका अध्यक्ष अम्मरबहादुर लामा, नागरिक सचेतना ४ नम्बर वडा अध्यक्ष देवि ढकाल लगायत स्थानीय समाजसेवी र टोलवासिहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
कर्रालाई सफा बनाउने र कर्रा क्षेत्रलाई पर्यटकीय पार्क बनाउने अभियान अन्र्तगत सफाई सुरु गरिएको कर्राका युवा समाजसेवी विमल श्रेष्ठ टोनीले बताए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।