बैशाख ७ – राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहको नाम र तस्वीर राखेर वियर उत्पादन गरेको समचारप्रति ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ ।

सो विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वीजरल्याण्डको एक मदिरा कम्पनीले स्वर्गीय शाहको मदिरा पिउन लागेको फोटो राखि ‘वीरेन्द्र वियर’ नामको वियर उत्पादन गरेको विभिन्न सञ्चारमाध्यममा समचार आएको थियो ।


संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यदि यो विषय साँचो हो भने यो नेपालको राष्ट्रिय अस्मिता र पुर्खाहरुमाथिको नांगो बलत्कार हो । तसर्थ यस विषयमा सत्यतथ्य बुझि उक्त गलत कार्यलाई बन्द गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपालस्थित स्वीस राजदूतावास, जेनेभास्थित नेपाली प्रतिनिधीको कार्यालय, उत्पादक कम्पनी लगायत सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं ।’

सो विद्यार्थी संगठनले राजा वीरेन्द्रको फोटो राखेर मदिार उत्पादन गर्ने गलत कार्य समयमै बन्द नभए कडा संघर्षमा उत्रने चेतावनी पनि दिएको छ ।

-रासस