सोल, वैशाख ७ । दक्षिण कोरिया र उत्तर कोरियाका नेताका लागि शुक्रबार हटलाइन सेवा सुरु गरिएको छ ।दुई कोरियाका शीर्ष नेताको शिखर सम्मेलन हुनु एक हप्ताअगाडि हटलाइन सेवा सुरु भएको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ‘ब्लु हाउस’ले जनाएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका नेता किम जोङ उनसहितको पहिलो शिखर बैठक यही अप्रिल २७ तारिखमा गर्ने तय भएको छ ।दक्षिण कोरियामा राष्ट्रपतिको कार्यालयमा र उत्तर कोरियामा ‘न्यूक्लियर आर्मड’सम्बन्धी कार्यालयबाट हटलाइन सेवा सन्चालन गरिएको छ ।
हटलाइन सेवाको परीक्षणका लागि दुवै पक्षका उच्च अधिकारीले चार मिनेट १४ सेकेन्ड कुराकानी गरेका थिए ।दुई कोरियाको सम्बन्ध थप सुधारकाक्रममा यसलाई अर्को नयाँ कदमकारुपमा हेरिएको छ ।
केही महिनाअगाडि भएको शीतकालीन ओलम्पिकदेखि दुई कोरियाकाबीचमा आश्चर्यजनक तरिकाले सम्बन्धमा सुधार आएको छ । रासस एएफपी
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।