गृह Breaking News सरकारी शिक्षा नाममात्रको नि:शुल्क : प्रदेश प्रमुख अनुराधा कोइराला

सरकारी शिक्षा नाममात्रको नि:शुल्क : प्रदेश प्रमुख अनुराधा कोइराला

सेयर गर्नुहोस्

बैशाख ३ फूलमान तामाङ नवलपुर,प्रदेश ३ की प्रमुख अनुराधा कोइरालाले सरकारले उपलब्ध गराएको निःशुल्क शिक्षा नाममात्रको निःशुल्क भएको बताएकी छिन्।सोमबार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा आयोजित गाउँपालिका महोत्सव समापन समारोहमा सम्बोधन गर्दै कोइरालाले सरकारी शिक्षासमेत निःशुल्क नरहेको बताएकी हुन्।

 

कोइरालाले विद्यालयसम्म जान बालबालिकाले पोसाकदेखि कपीकलमसम्म किन्नुपर्ने भएकोले यो शिक्षा निःशुल्क नभएको दाबी गरिन्।  ‘सरकारले शिक्षा नि:शुल्क भन्ने गर्छ, तर नि:शुल्क छैन। स्कुलमा जान ड्रेस, जुत्ता किन्नु पर्छ। त्यो अभिभावकले नै किन्नुपर्छ। त्यसलाई नि सरकारले उपलब्ध गराउनुपर्छ,’ उनले भनिन्।

सरकारले वैशाख २ बाट भर्न अभियान चलाइरहँदा यस्ता विषयमा पनि ध्यान दिनुपर्ने कोइरालाको सुझाव थियो। त्यसै गरी कोइरालाले देश विकासको लागि बालबालिकाको शिक्षामा जोड दिनु पर्ने बताइन्।

उनले अभिभावकले नै छोरीलाई शिक्षामा विभेद गर्ने गरेको पाइएको उल्लेख गर्दै भनिन्, ‘छोरालाई स्कुल पठाउँछ, छोरी त पराइ घर जाने जात हो भनेर स्कुल पठाउन हिच्किच्याउछ। त्यस्तो लैंगिक विभेदको मानसिकता हामीले हटाउनपर्छ। तबमात्रै विकासको सम्भावना छ। अनावश्यक खर्च नगर्नुस् बरु सन्तानको शिक्षामा जोड दिनुस्।’

गाउँपालिकाद्वारा आयोजित प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता तथा प्रथम इन्द्रावती महोत्सव ऐसेलुखर्क मैदानमा सम्पन्न भएको थियो।

गाउँपालिका अध्यक्ष वंशलाल तामाङको सभापतित्वामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद निमा लामा, गाउँपालिकाका विभिन्न पार्टीका प्रतिनिधि, वडाध्यक्ष, वडा सदस्य उपस्थित थिए।#पहिलोपोष्ट बाट