३ वैशाख,निजी विद्यालयको शुल्क वृद्धि रोक्न विद्यार्थी संगठनहरुले सरकारको ध्यानाकर्षण गर्ने भएका छ । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालयमा बसेको संयुक्त बिद्यार्थी  संगठनको बैठकले यस्तो निर्णय गरेको हो ।

 

बैठकले निजी विद्यालयहरुले गरेको शुल्क वृद्धि सरकार र विद्यार्थीबीच विगतमा भएका सहमति विपरीत हुँदा पनि सरकार मौन रहेकोप्रती गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल फिर्ता नलिए कडा आन्दोलनको चेतावनीसहित कार्यक्रमहरु घोषणा गरेको हो ।

बैठकले वैशाख ४ गते प्रधानमन्त्रीलाई शुल्क निर्धारण निर्देशिका कार्यान्वयनका लागि ७२ घण्टे अल्टिमेटम सहित ज्ञापन पत्र बुझाउने, ५ गते ११ बजे पद्मोदय स्कुलमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने निर्णय गरेको छ ।

 

बैठकमा नेविसंघ अध्यक्ष नैन सिंह महर, अखिल अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रंजित तामाङ लगाएत ९ विद्यार्थी संगठनको सहभागिता रहेको थियो ।