गृह समाचार मातातिर्थ औँसीको अवसरमा वृद्धाश्रममा सहयोग

मातातिर्थ औँसीको अवसरमा वृद्धाश्रममा सहयोग

सेयर गर्नुहोस्

बैशाख ३, हेटौँडा, मातातिर्थ औँसीको अवसरमा हेटौंडामा युवा व्यवसायी एवम् समाजसेवी बुद्ध लामाले बृद्धाश्रममा खाद्यन्न सहयोग गरेका छन् ।

 

लामाले हेटौंडाको चुरियामाई स्थित दिव्य सेवा निकेतनमा आश्रित वृद्धाहरुलाई खाद्यन्न सहयोग गरेका हुन् । लामाले ४ केजी सुन्तला, १ कार्टुन स्याउ, ३ दर्जन केरा ५ लिटर दुध , ८ पाकेट पाउरोटी लगायतका खाद्यन्न सामग्री सहयोग गरेका हुन् ।

 

लामाले केही दिन अगाडी पदमपोखरीमा आयोजना भएको सांस्कृतिक कार्यक्रममा समेत नगद रु २० हजार सहयोग गरेका थिए ।