गृह समाचार बनस्पती उद्यानमा कार्यरत पुरी चार दिनबाट बेपत्ता

बनस्पती उद्यानमा कार्यरत पुरी चार दिनबाट बेपत्ता

सेयर गर्नुहोस्

काठमाण्डौँ,३ बैशाख
ललितपुरको गोदावरी नगरपालिका वडा नंबर ३ का हरिशरण पुरी चार दिनबाट वेपत्ता भएका छन् । राष्ट्रिय वनस्पति उद्यान गोदारीमा कार्यरत ५० वर्षका पुरी गत चैत्र ३० गतेबाट वेपत्ता भएको पुरीका भाई प्रेम पुरीले बताए ।
, दाजु हराएपछि आफुहरुले आफन्त तथा साथिहरुसँग सम्पर्क गर्दा उनी त्यहा पनि नभएको पाइएपछि प्रहरीमा उजुरी दर्ता गरिसकेको उनले बताए । उनले सामजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत आफ्नो दाजुलाई खोजिदिनको लागि समेत आग्रह गरेका छन् ।
गहुगोरो बर्ण, दाया आँखा सानो भएको, घ्यु कलरको हाफ टिसर्टमा कालो निलो धारको भएको, घ्यु कलरको क्याप टोपी लगाएको, निलो रङको पातलो ज्याकेट र पाइन्ट लगाएको अवस्थाबाट उनी बेपत्ता भएको परिवार श्रोतले जनाएको छ ।
उनलाई देख्नहुने माहानुभावले नजिकको प्रहरी कार्यालय या ९८६११७९५५५ मा सम्पर्क गरिदिनुहुन समेत उनले आग्रह गरेका छन् ।