गृह Breaking News नेपाली कांग्रेसमा “छाडातान्त्र” हाबी : शेरबहादुर देउवा

नेपाली कांग्रेसमा “छाडातान्त्र” हाबी : शेरबहादुर देउवा

सेयर गर्नुहोस्

हेटौँडा,३ बैशाख,
नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसमा “छाडातान्त्र” हाबी भएको बताएका छन् । नेपाल तरुण दल केन्द्रीय कमिटिको आयोजनामा आज हेटौँडामा भएको प्रदेश नंबर ३ स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै पुर्वप्रधानमन्त्री देउवाले नेपाली कांग्रेसमा खुलेआम गुटबन्दी भएको कारण चुनावमा पराजय बेहोरेको बताए ।

उनले भने : जव सम्म खुलेआम अन्र्तगघात गर्नेलाई कारबाही हुँदैन, कसरी अगाढी बढछ पार्टी ?, दुईवटा पार्टी मिलेको अवस्थामा पनि हामी २० सिट धेरै जित्न सक्थ्यौ । टिकट नपाउनेले अन्र्तघात गर्दा पार्टीमा अन्र्तघात गरेको भन्दै उनले अन्र्तघातीलाई पार्टीले कारबाही गर्ने बताए ।
नेपाली कांग्रेसलाई अनुशासन आवश्यक भएको भन्दै उनले पार्टीमा रहेका अन्तरघातीलाई कारबाही गर्दै छाडातन्त्रको अन्त्य गरे पार्टीलाई फेरिपनि ठुलो बनाउने उद्घोष ब्यक्त गरे ।

नेपालका प्रधानमन्त्री केपी ओली लम्पसारवादी भएको भन्दै उनी कहिल्यै राष्ट्रवादी नभएको उनले आरोप समेत लगाए । उनले नेपाली कांग्रेस मात्रै राष्ट्रवादी पार्टी भएको बताए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाँडले तरुणहरुको भूमिका नेपाली कांग्रेसमा अझ शसक्त भएको बताए । सरकारमा नभएको समयमा अव संगठन निर्माणमा ध्यान दिन समेत उनले तरुणदल लाई आग्र हगरे ।

कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य डाक्टर रामशरण महतले नेपाली कांग्रेसले चुनाव हारेपनि जनमत भने अझै आफुहरुको पक्षमा रहेको बताए । कांग्रेसको नीतिले मात्र देशको आमुल परिवर्तन संभव भएको उनले दाबी गरे ।

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेताहरु प्रकाशसरण महत, राष्ट्रियसभा सांसद धन खतिवडा लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

आज र भोली चल्ने प्रशिक्षण कार्यक्रममा प्रदेश नंबर ३ का करिब १ सय ५० जना प्रतिनिधिहरुको सहभागिता रहेको सह आयोजम तरुण दल मकवानपुरका अध्यक्ष इश्वर पाठकले बताए ।