सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटिको बैठक आज बस्दै छ ।बेलुका ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा बैशाख ९ गते माओवादी केन्द्रसँग हुने पार्टी एकताका बारेमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणपछि माओवादीसँग गर्ने भनिएको एकताका विषयमा खासै प्रगति हुननसकेपछि एकतानै अन्योलमा रहेका बेला एमालेले स्थायी समितिको बैठक बोलाएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डको अहिले बालुवाटारमा छलफल भैरहेको छ । दुवै अध्यक्षले एक्लै बसेर छलफल गरिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।