अनुप पौडेल,

सेयर बजारलाई सबैभन्दा ठूलो समस्या बैंकको ब्याजदरले पारेको छ । अर्थमन्त्री खतिवडाले बिदेशी पुँजी ल्याएर तरलता समस्या समाधान गर्ने बताएका छन् । अहिले शोधानान्तर साढे ६ अर्ब रुपैयाँले घाटामा छ ।

देशबाट बाहिरिने रकम बढेपछि जहिलेपनि यहाँ बैंकमा पैसाको हाहाकार हुन्छ । यसलाई सम्बोधन गर्ने प्रयास गरिने अर्थमन्त्री घोषणा छ । जसले बैंकमा पैसा आउँछ ब्याजदरलाई घटाउने छ । यसको फाइदा सेयर बजारलाई नै हुने हो । अर्थतन्त्रमा सबैभन्दा ठूलामहत्व विश्वास र मान्छेको मनोविज्ञानले राख्छ । बजार व्याजदर र बैंकको तरलता समस्या समाधानमा तत्काल जानुपर्छ । याे समस्याको मुख्य कारण घरजग्गा र शेयरबजारमा भएको लगानीकाेबाट सोचो बनाहेको जती प्रतिफल प्राप्त नभहेकोले र पुनर्चक्रम कमजाेर भएकोले परेको हुनसक्ने एक दरिलो कारण हो ।

याे समस्यालार्इ व्याजदरमा प्रभावले राहत पुग्नसक्छ । Current economic situation. अार्थिक वृद्धि अझै बढी हुनुपर्ने त हाे तर लगानी र उत्पादनमुखी खर्चको अनुपातको तुलना र उत्पादकत्व हिसाब गर्ने हाे भने हुनसक्ने यति नै हाे । विदेशी विनिमय सञ्चिति १० देखि १२ महिनासम्मलार्इ अायात धान्न पुग्ने छ । यो मजबुत अवस्था हो । द्रास्फीति ५% भन्दा तल छ जुन सामान्य अवस्था हाे । मूल्यबृद्धिदर भन्दा व्याजदर बढी भएकोले cost of fund बढी भएकोले नाफा कम छ । यसकारण बरू लगानी अाकर्षण घटाउनसक्ने संभावना रहन सक्छ ।

यो वर्ष दर र दायरा दुवै नबढाइएकाे (buoyancy near to zero change only elasticity change) भए पनि राजश्व लक्ष्यअनुसार नै उठिरहेको छ । शोधनान्तर घाटा पनि ६/७ अर्ब हाराहारी हो, याे लामो समयसम्म रहेको र रहने देखिँदैन । नेपाली मुद्रा बलियो छ, मुद्राको मूल्य अत्यन्तै घटबढ छैन । अधिमूल्यन र अवमूल्यनकाे अवस्था सामान्य छ । उद्योगको उत्पादकत्व लाेडसेडिङ हुनुभन्दा अघिभन्दा निकै सुधाराेन्मूख छ । मुलुकमा वैदेशिक लगानी भित्रिने क्रम बढेको छ । देशमा प्रचलित ज्यालादरमा याे काम उ काम नभनी काम गर्ने हाे भने बजारमा काम जति नि छ ।

कूल ग्राहस्थ उत्पादनमा विप्रषणको योगदान २७% हाराहारी छ जुन त्यस्ताे ठूलो गिरावट भएकाे अवस्था हाेइन । कूल राष्ट्रिय बचत ४०% भन्दा बढी नै छ । यसकाे परिचालन प्रभावकारी छैन अर्कै कुरो हाे । कूल सरकारी ऋण अमेरिका (२००%), जापानजस्ता देशको जिडिपीको शतप्रतिशतभन्दा बढी छ । तर हाम्राे निकै नै न्यून या सीमाबाहिर छैन । Gross fixed capital formation GDP काे ३३% भन्दा बढी छ । Investment trend बढ्दो नै छ । (GDP को यसअघिका वर्षहरूमा ३९, ३३ र अहिले ४२%) सार्वजनिक लगानी थाेरै छ तर घटदो दरमा छैन । (जिडिपीको अघिल्ला वर्षहरूमा ४, ५, ७.१४ अहिले ७.२८% छ) निजी लगानी पनि बढ्दो दरमा छ ।

(GDP को १८, २२, २१ र पछिल्लो २६% छ).उपभोग बढी छ यसले समष्टि माग नि बढाउने र लगानी बढ्ने भएकोले याे अत्यधिक समस्याको विषय नै होइन । तत्कालका समस्या र सोझिनुपर्ने समाधानका दृष्टिः बजार व्याजदर र बैंकको तरलता समस्या समाधानमा तत्काल जानुपर्छ । याे समस्याको मुख्य कारण घरजग्गा र शेयरबजारमा भएको लगानीकाे प्रतिफल प्राप्त नहुने र पुनर्चक्रम कमजाेर भएकोले परेको हुनसक्ने एक दरिलो कारण हो । याे समस्यालार्इ व्याजदरमा प्रभावले राहत पुग्नसक्छ ।

व्यापार घाटा जुन रेमिट्यान्सले पूर्ति गरिरहेको छ, यसलार्इ जलविद्युतको उत्पादन बढाएर पेट्रोलियमको अायात प्रतिस्थापन गर्न सकेमात्र पनि यो ठूलो समस्याको विषय नै रहँदैन । याे वर्ष राजश्वका दरहरू चलाइएको छैन । यसका दायरा फराकिलो गर्नसक्ने प्रशस्तै अाधार र संभावना छन् । नेपालमा कर तिर्नेको संख्या एकदमै कम (अधिकांश पेशाका व्यक्तिले तिर्दैनन सबै गरेर १६ लाख भनिएको छ) र कर छली अत्यन्तै बढी हुन्छ भन्ने सबैलार्इ थाहा छ । अायातमुखी राजश्व (कूल राजश्वको करिव ५५%) लार्इ बिस्तारै न्यूनीकरण गर्दै करको दायरा बढाउनु जरूरी छ । सरकारले सार्वजनिक खर्च अाधाले घटाउन सक्छ ।

(जागिरका नाममा अनावश्यक कर्मचारी भर्ती छन्, कर्मचारीकाे संख्या र उत्पादकत्वको कुनै तालमेल छैन, प्रविधिको प्रयोग छँदैछैन) कार्यालय संचालन खर्च (विद्युत, पानी, स्टेशनरी, इन्धन, घरघरै पत्रपत्रिका, टेबुफ कुर्सीलगायत अफिस सरसामानलगायत) खर्च बेप्रवाह छ किफायति भएर उत्पादन र लाभ बढाउन पराे । जहाँसम्म देशको ढुकुटीमा पैसा छैन भन्ने विषय छ, याे हाम्राे मासिक कमाइजस्तै हाे । अाम्दानी हुन्छ खर्च नि भइरहन्छ । यसको चक्र चलिरहन्छ । ढुकुटीमा पैसा थुप्रिनु राम्राे हाेइन । त्यसैले त deficit बजेट बनाएर थप लगानी परिचालन गर्ने उद्देश्य राखिएको हाे ।

Deficit बजेट भनेकै सरकारी कोषको भरपुर उपयोग हुँदा ढुकुटीमा पैसा रहने अवस्था हाेइन । मुख्य चुनाैती भनेकाे पूँजीगत खर्च बढाउनु, उत्पादन, उत्पादकत्व बढाउनु, अनि पूँजी निर्माण गर्नु हो । त्यसको लागि पैसा होइन अहिले हाम्रो खर्च गर्ने क्षमता र काम गर्ने जाँगर बढाउनु जरूरी छ । समय सबैभन्दा ठूलाे पूँजी हाे, सदुपयाेग जरूरी छ । मान्छेको मर्मत संभार (मानवपूँजी विकास) जरूरी छ । औद्योगिक योगदान बढाउनु अनि कृषिको औद्योगिक रुपान्तरण जरुरी छ । पैसा नभएरमात्र अर्थतन्त्र पछाडि परेको हाेइन, खर्च गर्नुपर्ने ठाउँमा नगरेर या खर्च नभएर देश पछि परेको हाे । विकास गर्ने क्षमता भएको भए सरकारले हरेक वर्ष छुट्याउने गरेको पूँजीगत खर्च किन अत्यन्तै कम भएको ?

पौडेल फाइनन्सियल डेभलपमेन्ट एण्ड इकोनमिक ग्रोथ इन नेपाल विषयमा पिएचडी स्कलर हुन