अनुष्का शर्माले विवाह गरेपछि धेरै बलिउड हिरोइनहरुमा त्यसकाे प्रभाव परेजस्ताे देखिएकाे छ।सोनाम कपुर आफ्ना प्रेमी आनन्द आहुजासँग स्विट्जरल्यान्डको जेनेभामा हुने विवाह गर्ने तयारीमा रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। विवाह मे ११ र १२ मा हुने तय भएको छ।

 

विवाहमा सहभागी हुनेहरुको सूची पिता अनिल कपुरले बनाइरहेका छन्। उनले आफैँ फोन गरेर विवाहमा उपस्थित हुन आग्रह गरिरहेका छन्। विवाहको सबैखाले औपचारिकताका लागि दुई दिन छुट्याइएको छ। विवाह अगाडि नै कपुर परिवार जेनेभा पुगिसक्ने जनाइएको छ।

 

सोनमले विवाहमा लगाउने पोशाकका लागि डिजाइनर पनि छानिसकेकी छिन्। विवाहको दिन उनले लगाउने पोशाक अबू जानी तथा सन्दीप खोसलाले तयार पार्नेछन्। यसअघि विवाहको बारेमा सोधिएको एउटा प्रश्नमा सोनमले भनेकी थिइन्, ‘म आफ्नो निजी जिन्दगीबारे कुराकानी गर्न चाहन्न। मैले कहिलै कमेन्ट गरेको छैन र गर्दिनँ।

 

सोनम अभिनित फिल्म वीरे दी वेडिङ्ग जुन १ मा प्रदर्शन हुँदैछ। यो फिल्म सोनमकी बहिनी रिया कपुरले निर्माण गरेकी हुन्।एजेन्सी