हेटौँडा,१० चैत्र,
देशकै चर्चित युवा कविहरु सुदिप पाख्रिन र संगित श्रोताले आज हेटौँडामा कविता प्रस्तुत गरेका छन् । साहित्य संगम मकवानपुरको आयोजनामा भएको कार्यक्रममा कवि पाख्रिन र संगितले आफ्ना कविताहरु प्रस्तुत गरेका हुन् ।

साहित्य संगम मकवानपुरको नियमित साहित्य सन्ध्यामा कविहरुले आफ्नो कविता मार्फत उपस्थितलाई मन्त्रमुग्ध पारेका थिए । कवि पाख्रिनले मावला, दिनको हैरानी, उहिलेका कुरा, उपहार नानिहरुलाई सहित एक दर्जन कविता सुनाका थिए ।

अर्का कवि संगित श्रोताले हतार हतारमा यात्रा, महिलाहरु कहाँ छन ?, संवाददातासँग आक्रोशित एउटी वेश्या, जीवन, कोकाकोलाले भारी मतले चुनाव जित्यो, वालुवाटार लाईभ लगाएतको कविता सुनाएका थिए ।

कवि पाख्रिनको कविता र उनको काब्य लेखनको विषयमा कवि राज माङ्लान तथा कवि संगित श्रोतको कविता र काब्य लेखनको विषयमा कवि विनोद विक्रम केसीले धारणा ब्यक्त गरेका थिए । कार्यक्रम साहित्य संगमका अध्यक्ष निमेश निखिलको अध्यक्षतामा भएको हो ।