file photo

हेटौँडा,१० चैत्र,
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले अबको ५ वर्ष प्रदेश सरकार जनमुखी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ज्येष्ठ नागरिकको आश्रय स्थल दिव्य सेवा निकेतन हेटौंडा १५ रातोमाटेको सहयोगार्थ आयोजनामा शनिबार सम्पन्न साँस्कृतिक कायृक्रममा मुख्यमन्त्री पौडेलले यस्तो प्रतिबद्धता जनाएका हुन् । अबको ५ वर्षभित्र प्रदेश नं तिनलाई बिकास र समृद्धिको मार्गमा लैजाने बताउदै उहाँले जनताको कामलाई प्राथमिकता दिइने र नेतृत्व तहमा रहेको गल्ती कमजोरीहरु सुधार्न जोड दिइने बताए ।

कार्यक्रममा कलाकारहरु रामेश श्रेष्ठ, रायन श्रेष्ठ, श्याम टमोट, ओम श्रेष्ठ, उदय श्रेष्ठ, मधु गुरुङ लगायत स्थानीय कलाकारहरु प्रलय चौलागाइ र सानुकाजी श्रेष्ठको प्रस्तुति रहेको थियो । कायृक्रममा कलाकारहरुले वर्तमान देशको परिस्थिति र नेतृत्व वर्गको कमजोरीका विषयमा गायनमार्फत व्यक्त गरेका थिए ।

कायृक्रममा तिन नं प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, आर्थिक तथा योजनामन्त्री कैलाश ढुङ्गेल, प्रतिनिधी सभाका पुर्व साँसद केदार न्यौपाने, मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनीले मन्तव्य व्यक्त गनूृभएको थियो । कार्यक्रम दिव्य सेवा निकेतनका अध्यक्ष टि आर निरौलाको सभाध्यक्षतामा सम्पन्न भएको हो