चैत १०,नेपाली कांग्रेस नेतृत्वको सरकारद्धारा नियुक्त गभर्नर चिरञ्जीवी नेपाललाई एपेक्स डेभलपमेन्ट बैंकका उच्च अधिकारीसँग मिलेर फाईल लुकाउन सहयोग गरेको आरोपमा हटाउने खेल सुरु भएको छ ।

 

उनी ५ बर्षका लागि २०७१ चैत ५ गते गभर्नर नियुक्त भएका हुन् । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

 

बैंकिङ क्षेत्रलाई नोक्सानी पुर्याएको प्रमाणित भएमा गभर्नरलाई हटाउन सकिने प्रावधान राष्ट्रबैंक ऐन २०५८ मा छ ।समाचारमा लेखिएको छ, त्यही प्रावधानमा टेकेर गभर्नर नेपाललाई हटाउन खोजिएको हो ।

 

एपेक्स बैंकका तत्कालिन अध्यक्ष विष्णुप्रसाद धिताल र गभर्नर नेपाल दुवै कांग्रेस समर्थक भएकाले फाइल लुकाउन मदत गरेको आरोप लगाइएको छ ।