हेटौँडा,९ चैत्र,
आफैले निर्माण गरि ४० मिनेटसम्म प्यारामोटर उडाएर चर्चामा आएका चितवनका सरोज चेपाङलाई प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले खादा ओढाएर सम्मान गरेका छन् ।

आफ्नो आविष्कारको विषयमा मुख्यमन्त्रीलाई जानकारी गराउने उदेश्यले मुख्यमन्त्रीको कार्यालय हेटौँडामा आएका चेपाङलाई मुख्यमन्त्री पौडेलले सम्मान गरेका हुन् ।
चितवन जिल्ला राप्ति नगरपालिका वडा नंबर २ का सरोजले केहि दिन अघि सबैलाई आश्चार्यमा पार्दै आफैले निर्माण गरेको प्यारामोटर निर्माण गरि उडान भरेका थिए । पुर्वि चितवनको रापती नदि तटबाट करिब ४० मिनेटसम्म आकाशमा प्यारा मोटर सफलता पुर्वक उडान भरेपछि उनको चर्चा बढेको थियो ।

अफुलाई प्रदेश सरकारले सहयोग गरे नेपालमा ब्यवसायीक प्यारा मोटरको सुरुवात गर्न सक्ने उनले बताए । उनले आफुमा जाँगर भएको भन्दै सहयोगको लागि प्रदेश सरकारलाई आग्रह समेत गरे ।
उनको भनाईपछि बोल्दै मुख्यमन्त्री डोरमणी पौडेलले आफुहरु यस्ता होनाहार प्रतिभालाई सम्मान तथा अवसर दिनको लागि तयार रहेको बताए । उनले प्रदेश सरकारले सक्ने भरपुर सहयोग गर्ने वाचा समेत गरेका छन् । प्रदेश सरकारले खोजि तथा अनुसन्धानको क्षेत्रमा समेत विशेष ध्यान दिएको उनले बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेल, पुर्व सांसद गोविन्दराम चेपाङ लगाएतको उपस्थिती रहेको थियो ।
नेपालमा प्यारा मोटरको ब्यवसायीक उडान संभव रहेको भन्दै चेपाङले भने : मलाई सरकारले सहयोग गर्ने अवस्था आयो भने नेपालको प्यारा मोटरलाई विश्वभर चिनाउन सकिन्छ र यसलाई ब्यवसायीक बनाउन पनि सकिन्छ । खबरब्रेकलाई प्रतिक्रिया दिँदै उनले प्यारामोटरले पर्यटनलाई समेत बढवा दिने बताए । उनले भने निकै सस्तो मुल्यामा एक पटकमा दुई देखि ३ घण्टाको यात्रा गर्न सकिने बताए । नेपालको सन्र्दभमा यो निकै लाभदायक हुने उनको भनाई रहेको छ ।