हेटौँडा,९ चैत्र,
नेपाल पत्रकार महासङ मकवानपुरका पूर्व अध्यक्ष एवम पूर्व केन्द्रिय सदस्य वरीष्ठ पत्रकार प्रताप विष्टलाई पितृशोक परेको छ । बिष्टका बुबा रुद्रबहादुर बिष्टको शुक्रबार दिउँसो निधन भएको हो ।

८६ बर्षिय बिष्ट बिगत ६ महिनादेखि अल्जायमर रोगबाट पीडित हुनुहुन्थ्यो । काठमाडौं स्युचाटार स्थित घरमै बसी औषधि सेवन गर्दै आउनुभएका बिष्टको आज दिउँसो घरमै मृत्यु भएको परीवारले जानकारी दिनुभयो । बिष्टका २ छोरा र एक छेरी हुनुहुन्छ ।