९ चैत्र,संचार राज्यमन्त्री गोकुल बास्कोटाले संचार मन्त्रालयमा खादा र माला लगाउन निषेध गरेका छन् ।नयाँ मन्त्रीहरु खादा र माला लगाउन व्यस्त भएको भनी आलोचना भइरहेका बेला संचार राज्यमन्त्री बास्कोटाले मन्त्रालय हाताभित्र खादा र माला निषेध गरेको जानकारी दिए ।

 

शुक्रबार मन्त्री बास्कोटालाई बधाई दिन गएको प्रेस चौतारी नेपाल टिमसँग पनि उनले खादा र मालाका लागि समय खर्च गर्न चाहेनन् । संगठनको प्रतिनिधित्व गर्दै अध्यक्ष गणेश बस्नेतले मात्र खादा लगाए ।

 

राज्य मन्त्री बास्कोटाले सरकारले मितव्ययी रुपमा प्रभावकारी काम गर्न खोजेको बताए । उनले संचारकर्मीहरुको मुद्दामा आफू सजग रहेको जानकारी गराउँदै सरकारलाई रचनात्मक सहयोग गर्न संचारमाध्यमलाई पनि आग्रह गरे ।