हेटौँडा,९ चैत्र,
प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले हेटौँडामा रहेको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पतालको अनुगमन निरिक्षण गरेका छन् । अनुगमनको क्रममा अस्पताल प्रशासनले हेटौँडा अस्पतालको हालको अवस्थाको विषयमा मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थिए । अस्पताललाई तत्काल ३ सय बेडमा बृद्धि गर्दै जनशक्ति परिपुर्ति गर्ने विषयमा सहयोगको लागि अस्पतालका मेडिकल सुपरिटेन्डेन कमल दवाडीले मुख्यमन्त्री पौडेललाई आग्रह गरे ।
अस्पतालमा ट्रमा सेन्टर निर्माण, डायलयसिस सेवा तथा आईसियु सेवा सञ्चालनको विषयमा समेत अस्पताल प्रशासनले मुख्यमन्त्रीको ध्यानाकर्षण गरेको थियो ।
जवाफमा मुख्यमन्त्री पौडेलले आफु अस्पतालको स्तोरन्नतीको विषयमा सबैभन्दा धेरै चिन्तित तथा गम्भिर भएको बताए । मकवानपुर स्वास्थ्यको क्षेत्रमा निकै पछि परेको भन्दै मुख्यमन्त्री पौडेलले अस्पतालमा आईसियुु सञ्चालनको लागि सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । उनले अस्पतालको विकासको लागि प्रदेश सरकारले भरपुर सहयोग गर्ने समेत बताए ।
अनुगमनको क्रममा अस्पताल विकास समितिका अध्यक्ष रमेश गिरि, शिक्षाविद पुरनबहादुर जोशी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगाएको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।