चैत ९ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बाराको निजगढमा बन्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण न्यायोचित ढंगले गरिने बताएका छन् ।

शुक्रबार सिमरामा आयोजित अन्तरक्रियामा मन्त्री अधिकारीले सरकार जनताप्रति उत्तरदायी रहेको भन्दै ऐलानी बस्तीका नागरिकहरुलाई पनि उचित क्षतिपूर्ति दिइने बताए


आगामी पाँच वर्षभित्र निजगढ विमानस्थलको निर्माण सम्पन्न गर्नेगरी कामलाई अघि बढाउने तयारी सरकारले गरेको मन्त्री अधिकारीको भनाइ थियो ।


कार्यक्रममा सरोकारवाला, जनप्रतिनिधिहरु र स्थानीय अगुवाहरुले आ–आफ्ना धारणा राखेका थिए ।-इमेजखबरबाट