९ चैत्र,नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सकिएको छ । वीपी स्मृति भवन ललितपुरमा शुक्रवार  बसेको  बैठकमा नेपाली कांग्रेसका पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य डा. नारायण खड्काले आफ्नो धारणा राखेका छन् ।

 

निर्वाचन समिक्षा सम्बन्धमा बसेको बैठक शनिवार  विहान ११ बजे  बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेल जनाएका छन् । उनले भने, ‘चुनावको समीक्षा नै बैठकको मुख्य एजेन्डा हो ।’

 

समीक्षा बैठकका लागि पटक पटक आब्हान गरिए पनि निर्वाचन सकिएको तीन महिनापछि सभापति शेरबहादुर देउवाले आब्हान गरेका हुन् ।