चैत ८ – ललितपुर उच्च अदालतले चैत्र १४ गते हुने भनिएको आसन्न अखिल नेपाल फुटबल संघको निर्वाचन नगर्न निर्देशन दिएको छ ।भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दिएको उजुरीमा ललितपुर उच्च अदालतका न्यायधीस राजकुमार वनको एकल इजलासले सो निर्णय गरेको हो ।

 

दुबै संघले आफूहरुलाई एन्फाले निर्वाचनबाट बञ्चित गरेको भन्दै उजुरी दिएपछि, उनिहरुलाई समावेश नगरी निर्वाचन गर्न नमिल्ने भन्दै अदालतले अर्को आदेश नआउँदासम्म निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो ।यसअघि भक्तपुर जिल्ला फुटबल संघले सबै क्लवलाई समावेश नगरी निर्वाचन गर्न खोजेको भनेपछि जिल्ला अदालतमा विरोधीले उजुरी दिएका थिए ।

जसमा जिल्ला अदालतले सबैलाई समावेश गरेर निर्वाचन गर्न आदेश दिएको थियो । तर भक्तपुरले आफ्ना निकटका क्लवलाई समावेश गरेर निर्वाचन गरेको थियो ।तर असन्तुष्ट पक्षले एन्फालाई विपक्षी बनाउँदै दिएको उजुरीमा अदालतले सुनुवाई गर्दै १५ दिन भित्र दुबै पक्षलाई उपस्थित हुन आदेश दिएको छ ।

एन्फाको अध्यक्षमा संस्थापन पक्षबाट मणि कुवँर र परिवर्तन धारबाट कर्माछिरीङ शेर्पा उठेका छन् ।