हेटौँडा,६ चैत्र, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नंबर ३ को राजधानी हेटौँडाबाट दायाँबायाँ नसर्ने बताएका छन् ।
हेटौँडामा गोरक्षश्वर धामले गरेको कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्री प्रचण्डले राजधानीको लागि हेटौँडानै उपयुक्त भएको र हेटौँडेलीलाई ढुक्क हुन आग्रह गरे ।

 

आगामी बैशाख १ बाट गोरक्षश्वरमा हुने महायज्ञ तथा गोरक्षश्वरको विषयमा जानकारी दिने उदेश्यले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले आफुहरु धर्मलाई सम्मान गर्ने राजनीतिक सस्कार भएको पार्टी भएको बताए ।

धार्मीक पर्यटनको लागि मकवानपुरको गोरक्षश्वरलाई सरकारले सहयोग गर्न तयार रहेको समेत उनले बताए । मन्तब्य ब्यक्त गर्दै प्रचण्डले आफुहरु धर्म विरोधी नभएको बताए । आफुहरुको विषयमा विभिन्न अतिवादीहरुले धर्म विरोधी भएको प्रचार गर्ने गरेको भन्दै उनले आफुहरु धर्मको सम्मान गर्ने ब्यक्ति भएको बताए ।

कार्यक्रममा ब्यवसायी अजेयराज सुमार्गीले महायज्ञको विषयमा जानकारी गराएका थिए । कार्यक्रममा प्रदेश नंबर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेल, राष्ट्रियसभा सांसद रामनारायण विडारी, प्रदेश सांसद प्रेमबहादुर पुलामी, लगाएतको उपस्थिती रहेको थियो ।