तस्बीर गुगल

चैत ६ – श्रीदेवीले खेल्ने भनिएको चलचित्र ‘शिद्दत’ मा अब माधुरी दिक्षीत देखिने भएकी छिन् ।

श्रीदेवीकी छोरी जान्हवी कपुरले इन्स्टाग्राममा श्रीदेवी र माधुरी दीक्षितको तस्वीर राख्दै श्रीदेवीले खेल्ने भनिएको चलचित्र ‘शिद्दतमा’ माधुरी दीक्षित लिड रोलमा देखिने भएको जानकारी दिएकी छिन् ।

उनले लेखेकी छिन् ‘अभिषेक वर्मनको यो चलचित्र आमाले निकै मन पराउनुभएको थियो । यो उत्कृष्ट चलचित्रको हिस्सा बनेकोमा बुवा, खुशी र म माधुरीजी प्रति हृदयदेखि नै आभारी छौं ।’

करन जोहरको प्रोडक्सन हाउसमा निर्माण भइरहेको यो चलचित्रलाई अभिषेक वर्मनले निर्देशन गरिरहेका छन् ।