हेटौँडा,५ चैत्र,
मकवानपुरमा जिल्लामा रहेको खोलाहरुबाट लाबाट ढुंगा, गिट्टी वालुवाको उत्खनन रोक्ने निर्णय भएको छ ।
आज हेटौँडा बसेको जिल्ला अनुगमन समितिको बैठकले तत्काललाई उत्खनन रोक्ने निर्णय गरेको हो । केहि दिन यता मकवानपुरका खोलाबाट लाबाट ढुंगा, गिट्टी वालुवा अत्याधि मात्रामा भएको भन्ने खबरहरु प्रकाशन भएपछि समितिको आज बैठक बसेको हो ।
बैठकले अनुगमन गरेपछि आएको रिजल्टको आधारमा अर्को निर्णय गर्ने गरि अनुगमन उपसमिति निर्माण गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुुलालले जानकारी दिए ।
बैठकले अनुगमनको लागि जिल्ला इन्जिनियर सोमराज तिमल्सीनाको नेतृत्वमा जिल्ला प्रहरी, जिल्ला वन, पत्रकार महासंघ, सम्वन्धीत गाउँपालिका प्रतिनिधि सहित विभिन्न निकायहरुको प्रतिनिधित्व हुनेगरि अनुगमन उपसमिति समेत निर्माण गरेको छ ।
बैठकमा राज्यसभा सांसदहरु इन्द्रबहादुर बानीया, प्रेमबहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।