५ चैत,नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार शपथ ग्रहण गर्दैछन् । शीतल निवासमा अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ ।

 

उपराष्ट्रतिमा पुनको यो दोस्रो कार्यकाल हो । शनिबार भएको उम्मेदवारी दर्तामा उपराष्ट्रपतिमा पुनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । उपराष्ट्रपति पदमा निर्वाचित पुनलाई आइतबार निर्वाचन आयोगले प्रमाणपत्र दिएको छ ।