हेटौँडा,४ चैत्र,
चालु एवम आगामी आर्थिक वर्षको बजेट तर्जुमाको विषयमा आजबाट हेटौँडामा विज्ञहरुसँग कार्यशाला सुरु भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा बोल्दै प्रदेश नंबर ३ का मुख्य मन्त्री डोरमणी पौडेलले प्रदेश नंबर ३ लाई देशकै उत्कृष्ट प्रदेश बनाउने गरि बजेट तर्जुमा हुने बताए ।

प्रदेश नंबर ३ मा धेरै संभावनाहरु रहेको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले धेरै ठुला सपनाहरु बाढने भन्दापनि गर्नसक्ने काम गर्दै जनतालाई विकासको लहर देखाउने काममा ध्यान जाने बताए ।

कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जन अपेक्षा र घोषणापत्रमा भएका कार्यक्रमहरुलाई प्राथमिकता दिईने बताए । आफुहरुले भुगोलको नक्सालाई ध्यानमा राख्दै यहा के कस्ता योजनाहरु छ ति योजनाहरुलाई प्राथमिकताकोे साथ बजेटमा समेटिने बताए । उनले भने “यहा के को भोक छ त्यो भोक शान्त पार्ने काम प्रदेश सरकारबाट हुन्छ”

कार्यक्रममा प्रदेशका भौतिक योजना मन्त्री केशव स्थापित, उद्योग, पर्यटन तथा वातावरण मन्त्री अरुण नेपाल, प्रदेश नंबर ३ का मुख्य सचिव रेष्मीराज आचार्यको सहभागिता रहेको छ । दुई दिन सम्म चल्ने गोष्ठीमा विज्ञहरु ज्ञानेन्द्र श्रेष्ठ, प्रकाश श्रेष्ठ, रमेश कटरीया, गोविन्दप्रसाद घिमिरे लगाएतले प्रदेश नंबर ३ को संभावना र बजेटमा समावेश गर्न सकिने कार्यक्रमको विषयमा आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बसन्त अधिकारीले बताए ।