हेटौँडा ३ चैत्र, ग्लोबल नेटवर्क फर सस्टेनेबल डेभलपमेन्ट नेपाल शाखाको आयोजनामा हेटौँडा–२ संगम चोकमा भएको रक्तदान कार्यक्रममा विहिबार २९ जनाले रक्तदान गरेका थिय।

 

हेटौँडा – ५ मा रहेको रिलायसन्स इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरु आवद्ध रहेको पिस क्लब र सस्टेनेविलिटी क्लबलमा रहेका विद्यार्थीहरुको सक्रियतामा रक्तदान कार्यक्रम भएको थियो ।

क्लबका सदस्य द्वय एन्जिला राउत र रिजन श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य केशबलाल श्रेष्ठको प्रमुख आतित्थ्यता रहेको थियो । रक्तदान कार्यक्रममा २४ जना पुरुष र ५ जना महिलाले रक्तदान गरेका थिए ।

 

कार्यक्रममा ग्लोबल नेटवर्क फर सस्टेनेबल डेभलपमेन्ट नेपाल शाखाका कार्यक्रम संयोजक विबस मानन्धर, आयुष मानन्धर, विपिन पाण्डे, प्रज्वल राजथला, रेडक्रस सोसाईटिका विष्णु रिमाल, किशोर सापकोटा, सस्टेनेविलिटी क्लबका प्रेसिडेन्ड विनम्र अधिकारी, पिस क्लबका आयुष मिश्र, विद्यालयका शिक्षक मनोज मिश्र लगाएतको उपस्थिति रहेको थियो ।

 

उक्त अवसरमा क्लबमा आवद्ध विद्यार्थीहरुले संगम चोक क्षेत्रका सरसफाई समेत गरेका थिए । क्लबका भ्वाइस प्रेसिडेन्ट द्वय सेजल अधिकारी र स्विकृति खडकाको नेतृत्वमा भएको सरसफाइ कार्यक्रममा क्लबका सदस्यहरुले संगम चोक र आसपासको क्षेत्रका बसपार्क भित्र समेत सरसफाई गरेका थिए । सरसफाई सँगै सर्वसाधारणहरुलाई घर, पसल तथा होटलहरुबाट निस्कने फोहरको उचित व्यवस्थापनका लागी आग्रह गरेको क्लबका सदस्य आस्था लामाले बताईन ।