विश्वकप छनोट अन्तर्गत जारी सातौं स्थानको खेलमा टस हारेर नेपालले बलिङ गरिरहेको छ। तीव्र गतिका बलर सोमपाल कामीले नेपाललार्इ सुरुवाती दुर्इ सफलता दिलाएका छन्।सोमपालले पहिलो अोभरमै नेदरल्याण्ड्सका अोपनर वास्ले बारेसीलार्इ शुन्य रनमै पवेलिएन फर्काए।

 

यस्तै, व्यक्तगित दोस्रो तथा टोलीको तेस्रो अोभरमा सोमपालले नेपाललार्इ दोस्रो सफलता दिलाए। उनले बेन कुपरलार्इ पनि शुन्य रनमै पवेलियन फर्काएका थिए।

 

जारी खेलमा दुर्इ विकेट लिएसँगै सोमपाल लिस्ट ए क्रिकेटमा नेपालका तर्फबाट ५० विकेट लिने पहिलो बलर बनेका छन्। सोमपालले ३७अौं खेल खेल्दै सो उपलब्धि हासिल गरेका हुन्।

 

सोमपालले सन् २०१४ जनवरीमा  भएको विश्वकप छनोटमा यूएर्इविरुद्धको खेलबाट लिस्ट ए मा डेब्यू गरेका थिए। त्यसयता उनी निरन्तर नेपाली टोलीबाट खेलिरहेका छन्।

 

सोमपालसँगै लिस्ट एमा बढी विकेट लिने अर्का नेपाली खेलाडी बसन्त रेग्मी हुन्। उनले  ३५ खेलबाट ४६ विकेट लिएका छन्। सन्दीप लामिछानेले २० खेलबाट ४० विकेट लिएका छन्। यस्तै लिस्ट एका २२ खेलमा शक्ति गौचनको १७ विकेट छ।