हेटौँडा,२ चैत्र
प्रदेश ३ को मन्त्रीपरिषदको बैठकले प्रदेश ३ को सरकारले स्थानीय जनप्रतिनिधिको तलब सुविधा तोकेको छ । चैत्र १ मा भएको बैठकले
स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधासम्वन्धी विधेयक पास गरेको हो ।
सरकारको निर्णयअनुसार महानगरपालिकाका मेयरले ४६ हजार तलब पाउनेछन् । ३ हजार सञ्चार सुविधा थप हुनेछ । दैनिक भ्रमण भत्ता २ हजार तोकिएको छ । भने विदेश जाँदा दैनिक २०० डलर पाउनेछ । यात्रा विमा १० लाखको हुने विधेयकमा उल्लेख छ ।
उपमेयरले ४० हजार र वडाध्यक्षले २८ हजार पाउनेछन् । यस्तै उपमहानगरका मेयरले ४० हजार २०० र उपमेयरले ३५ हजार र वडाध्यक्षले २५ हजार पाउनेछन् ।
नगरपालिकाका मेयरले ३५ हजार, उपमेयरले ३१ हवार र वडाध्यक्षले २२ हजार तलब पाउनेछन् । गाउँपालिकाका अध्यक्षले ३१ हजार पाउनेछन् भने उपाध्यक्षले २७ हजार र वडाध्यक्षले २० हजार पाउनेछन् ।
जिल्ला समन्वय समितिका प्रमुखले पनि महानगरका मेयरले सरह ४६ हजार तलब पाउनेछन् भने उपप्रमुखले ४० हजार २०० पाउनेछन् ।
यसबाहेक मासिक सञ्चार सुविधाका साथै दैनिक भ्रमण भत्ता, विदेश जाँदा दैनिक भत्ता पनि पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।