चैत २, नेपाली कांग्रेसका नेता गणेश लामालाई बिनाशर्त रिहा गर्न कांग्रेस काभ्रेपलाञ्चोकले माग गरेको छ ।

 

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस काभ्रेका सभापति मधु आचार्यले भने–‘निर्दोष हाम्रा नेतामाथि झुटो आरोप लगाइ प्रहरीले पक्राउ गरेको छ । यो दुःखद भएको छ । उहाँलाई स–सम्मान रिहाइ गर्न सरकारसँग माग गर्दछु ।’

उनले लामामाथि गोली प्रहार गरी फरार रहेका दोषीलाई कारबाही गर्न तथा उनीमाथिको अभियोग खारेज गर्न पनि माग गरे । रासस