तस्बीर गुगल

चैत २,उपसभामुख चयनका लागि आज चुनाव हुनेभएको छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो एक बजे चुनावी प्रक्रिया सुरु गरिने प्रतिनिधिसभाको कार्यसूची रहेको छ ।

 

उपसभामुखमा वाम गठबन्धनबाट एमाले नेतृ शिवमाया तुम्बाहाम्फे र कांग्रेसबाट पुष्पा भुसाल प्रतिस्पर्धामा हुनुहुन्छ ।

सभामुखमा उम्मेदवार नदिएको कांग्रेसले राष्ट्रपति र उपसभामुखमा भने उम्मेदवारी दिएको छ । यद्यपी वाम गठबन्धनको प्रष्ट बहुमत भएकाले उपसभामुखमा तुम्बाहाम्फे विजयी हुने निश्चित जस्तै छ ।