हेटौँडा,१ चैत्र,
प्रदेश नंबर ३ को मन्त्री परिषदको बैठकल सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय हेटौँडामा भएको बैठकले सरकारको प्रवत्तामा अर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेललाई चयन गरेको छ ।

बैठकले संसदमा पेश गर्नको लागि निर्माण गरिएको लिखित प्रमाणिकरण सम्वन्धी ऐन, आर्थिक कार्यविधि सम्वन्धी ऐन तथा स्थानीय तह सेवा सुविधा सम्वन्धी ऐन लाई पारित गरेको बैठकपछि प्रतिक्रिया दिँदै प्रवक्ता ढुंगेलले जानकारी दिए ।

चालु आर्थिक वर्षको पहिलो वजेट आउँदो चैत्र २० गतेभित्र बजेट प्रस्तुत गर्ने समेत उनले बताए । मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा भएको बैठकले चैत्र २ गते ति विधयकहरु सांसद सचिवालयमा दर्ता हुने उनको भनाई रहेको छ । ३ महिनाभित्रमा २३ वटा कानुन निर्माण गरिसक्ने लक्ष सहित काम भैरहेको जनाईएको छ ।