हेटौँडा,१ चैत्र,
बालिका बलात्कारको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौँडा वडा नंबर ७ का ६५ वर्षका मानबहादुर दोङलाई प्रहरीले पक्राउ गरेको हो ।

हरियाली टोलमा चौरमा खेलिरहेकी ति सात वर्षीया बालिकालाई फकाउँदै कोठमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारको विषयमा थप अनुसन्धान भैरहेको समेत प्रहरीले जनाएको छ । उनलाई बलात्कार उद्योग अन्र्तगत अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।