file photo

हेटौँडा,१ चैत्र । विश्वकप छनोटको प्ले अफमा पपुवा न्यूगिनीले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । पहिलो पटक वन डे मान्यता प्राप्त गर्नको लागि खेलिरहेको नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ओभरमा सबै विकेट गुमाएर ११४ रन बनायो ।

नेपालका सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ४४ विकेट लिए ।
करण केसी र सोमपाल कामीले एकएक विकेट लिएका छन् ।