हेटौँडा,१ चैत्र,
प्रदेश नंबर ३ को मन्त्रीपरिषदको बैठक आज बस्ने भएको छ । आज अपरान्ह बस्ने मन्त्रीपरिषद बैठकले सांसदमा पेश गर्न तीनवटा विद्ययक सिफारिस गर्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको भनाई रहेको छ ।

बैठकमा कानुन विद्ययक लिखित समितिले निर्माण गरेको तीनवटा विद्ययकको सिफारिस हुने आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेलले बताए ।
मन्त्री परिषदको बैठकलले संसदमा पेश गर्नको लागि निर्माण गरिएको लिखित प्रमाणिकरण सम्वन्धी ऐन, आर्थिक कार्यविधि सम्वन्धी ऐन तथा स्थानीय तह सेवा सुविधा सम्वन्धी ऐन रहेको उनको भनाई रहेको छ ।

आज बस्ने मन्त्रीपरिषदको बैठकले सिफारिस गरेपछि चैत्र २ गते ति विधयकहरु सांसद सचिवालयमा दर्ता हुने उनको भनाई रहेको छ । ३ महिनाभित्रमा २३ वटा कानुन निर्माण गरिसक्ने लक्ष सहित काम भैरहेको मन्त्री जम्मरबट्टेलले बताए ।

प्रदेशसभाको गत फागुन १४ गते बसकेको बैठले प्रदेशसभा नियमावली पारित गरेपछि हालसम्म बैठक बसेको छैन् । बैठकमा विजनेश नभएको कारण हालसम्म बैठकको आह्वान नगरेको सभामुख सानुकुमार श्रेष्ठको भनाई रहेको छ । अव केहि कानुन निर्माण भएपछिमात्र बैठक बोलाउने तयारी गरेका छौ उनले भने ।

राष्ट्रपतिको निर्वाचन सम्पन्न भैसकेको र अव उपराष्ट्रपतिको निर्वाचन पछिमात्र सांसद बैठक बस्ने संभावना रहेको सचिवालय श्रोतको भनाई छ । अब बस्ने बैठक लामो समयको लागि हुने र उक्त बैठकमा आधा दर्जन जति कानुनहरुको पारित गर्ने लक्ष राखिएको छ ।