तस्बीर गुगल

चैत १,न्याय परिषदबाट बुधबार पदमुक्त गरिएका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका छन् ।

 

पराजुलीलाई परिषद सचिवालयले उमेर हदका कारण २०७४ साउन २१ मै पदमुक्त भइसकेको जानकारी दिँदै पत्र बुझाएको थियो । उनले भने आफू पदमुक्त नभएको जीकिर गर्दै आएका थिए।

 

पराजुलीले राजीनामा बुझाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ । पराजुलीले राष्ट्रपतिलार्इ आफैंले भेटेर राजीनामापत्र बुझाएको बताइएको छ ।