हेटौँडा,१ चैत्र,
हेटौँडामा रहेको वन विज्ञान अध्ययन सस्थानमा जारी टियु–एएफयु कप महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्र्तगत आज भएको पहिलो खेलमा एएफयु चौथो वर्ष विजयी भएको छ ।

 

चौथो वर्षले तेश्रो बर्षलाई २–० गोलअन्र्तरले पराजित गरेको हो । खेलमा म्यान अफ द म्याच समेत भएका चौथो वर्षका मनोज वुर्लाकोटीले फ्रि किक मार्फत उत्कृष्ट गोल गरेका थिए भने अर्को गोल मनराज मोक्तानले गरेका थिए ।

९ वटा पुरुष तथा ६ वटा महिला टोली सम्मिलित प्रतियोगिताले अया अध्ययनरत विद्यार्थीहरुमा मित्रवत तथा भाइचारा सम्वन्ध स्थापित हुने खेल आयोजक वन विज्ञान अध्ययन सस्थान पहिलो वर्ष दोश्रो सेमेस्टरका विद्यार्थी सुपेन लामाले बताए ।

 

विद्यार्थी जीवनको लागि खेल पनि महत्वपूर्ण विषय भएकोले आफुहरुले यस्ताखाले प्रतियोगितालाई अव प्रत्येक वर्ष निरन्तरता दिने प्रतियोगिताका संयोजक ललितजंग खड्काले बताए । खेलपुर्व केहि विवाद भएको भएपनि हाल सबै विवाद समाधान भएर खेल निर्विवाद रुपमा भएको पनि उनको भनाई रहेको छ।