तस्बीर गुगल

चेल्सीको गल्तीको फाइदा उठाउँदै लियोनेल मेस्सीले दुई गोल गरेपछि इंग्लिस क्लब चेल्सी बार्सिलोनासँग च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा ३–० हार बेहोर्दै प्रतियोगिताबाट बाहिरएको छ ।

स्टाम्फोर्ड ब्रिजमा भएको पहिलो लेग १–१ को बराबरी सकिए पनि दोस्रो लेगमा पाहुना टोली खेल शुरु भएको मात्र १२८ सेकेण्डमा नै पछि परेको थियो । मेस्सीले टाइट एङ्गलबाट गोलकिपर थियाबट कार्टवाको खुट्टामुनिबाट बल छिराउँदै गोललाई जाली चुमाए ।

खेलको २० औँ मिनेटमा मेस्सीले ओसमान डेम्बेलेका लागि अर्को गोलको अवसर सृजना गरे ।

खेलको दोस्रो हाफमा मेस्सीले अर्को गोल थप्दै च्याम्पियन्स लिगमा आफ्नो सयौँ गोल पूरा गरे ।

त्यसअघि मार्को ओलोन्सोको फ्रिकक बार्सिलोनाको पोष्टमा ठोक्किएको थियो ।

त्यस्तै, जेरार्ड पिकेले उनलाई डि एरियामा लडाए पनि चेल्सीले पेनाल्टी पाएन ।

समग्रमा ४–१ को जित निकाल्दै बार्सा रियल म्याड्रिड र सेभियासँगै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जीतसँगै बार्सिलोनाले यो सिजन ट्रेबल जित्ने सम्भावना कायम राखेको छ ।

हार अन्यायपूर्ण – कोन्टे
यता, चेल्सकिा प्रशिक्षक एन्टोनियो कोन्टेले आफ्नो टोलीले बेहोरेको हार अन्यायपूर्ण भएको प्रतिक्रियया दिएका छन् ।

उनले खेलपछि भने, ‘मलाई कुनै अफसोस छैन । तपाईंले खेल हेर्नुभयो भने थाहा पाउनुहुनेछ यो नतिजा अन्यायपूर्ण थियो ।’

मेस्सीको खेलको तारिफ गर्दै कोन्टेले दुई टोलीबीच मेस्सी नै भिन्नता रहेको स्वीकार गरे ।

बायर्न पनि अन्तिम आठमा
उता, बेसिक्टासमाथि समग्रमा ८–१ को जीत निकाल्दै जर्मन च्याम्पियन बायर्न म्युनिखले पनि अन्तिम आठको यात्रा तय गरेको छ ।

पहिलो लेग ५–० ले जितेको बायर्नले दोस्रो लेगमा पनि ३–१ को जित हासिल गर्यो ।

आठ टोली तय
बार्सिलोना र बायर्नसँगै रियल म्याड्रिड, सेभिया, एएस रोमा, युभेन्टस, म्यान्चेस्टर सिटी र लिभरपुलले अन्तिम आठमा स्थान बनाउन सफल भएका छन् ।

अब शुक्रबार क्वाटरफाइनलका लागि ड्र हुनेछ ।एजेन्सी