चैत १,प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएको न्यायपरिषदको पत्र सार्वजनिक भएसँगै यसवारे पक्ष विपक्षमा बहस जारी छ । कानुन व्यवसायीले समेत यसबारे छुटछुट्टै अभिव्यक्तिहरु दिएका छन् ।

 

यतिबेला ‘हुनपर्ने के ? भइरहेको छ के ?’ भन्नेमा आ–आफनै व्याख्या र विश्लेषण भइरहेका छन् ।तर, देशको यति ठुलो मुद्दामा प्रमुख राजनीतिक दल र तिनका नेताले भने मौनता साँधेका छन् ।

 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गोपल पराजुली प्रकरणबारे पार्टीले संस्थागत धारणा बनाइनसकेको बताए ।

 

 

उनले यतिमात्रै भने ‘राज्यको एक निकायको विषयमा पार्टीगत धारणा के कस्तो भन्ने भन्दा पनि राज्यले नै समस्याको समाधान खोज्नुपर्ने हो, यसबारे अहिले हामी हेर्दैछौँ ।’